Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
घर ब्लग पृष्ठ 3

दोलखाका विवादित केन्द्रमा मंसिर १५ गते पुनः निर्वाचन

दोलखाका विवादित केन्द्रमा मंसिर १५ गते पुनः निर्वाचन

दोलखामा रद्द भएका मतदान केन्द्रहरुमा यही मंसिर १५ गते पुनः निर्वाचन हुने भएको छ । जिल्ला निर्वाचन व्यवस्थापन समितिको आज बिहान बसेको बैठकले १५ गते निर्वाचन गराउने निर्णय गरेको हो ।

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले निर्वाचनको पूर्वतयारीसमेत गर्नुपर्ने भएकाले मंसिर १५ गते पुनः मतदान गराउने निर्णय भएको जानकारी दिए । उनले आजैदेखि निर्वाचनको तयारी थालिएको पनि बताए ।

सदनमा पाका नेताको पहिलो पाइला

सदनमा पाका नेताको पहिलो पाइला

चितवन — वाग्मती प्रदेशसभामा चितवनका ६ क्षेत्रबाट चुनिएकामध्ये दोहोरिने एक जना मात्रै छन् । पहिलो पटक प्रदेशसभामा पाइला राख्ने ५ मध्ये ३ जना राजनीतिमा तीन दशक गुजारेका अनुभवी व्यक्ति छन् । स्थानीय निकाय सञ्चालन गरेको अनुभव बटुलेका उनीहरू पहिलो पटकको प्रयासमै प्रदेशसभा सदस्य निर्वाचन जित्न सफल भएका हुन् ।

सोमबार राम-जानकी विवाह महोत्सव मनाइँदै

सोमबार राम-जानकी विवाह महोत्सव मनाइँदै

जनकपुर — साताव्यापी राम-जानकी विवाह महोत्सवको मुख्य आयोजन सोमबार हुने भए पनि श्रद्धालु आउने क्रम भने शनिबारदेखि नै सुरु भइसकेको छ । यात्रीहरूको भीडलाई ध्यानमा राखी जनकपुर रेल्वेले आइतबारदेखि अतिरिक्त सेवा सञ्चालन गरेको छ ।

विवाहोत्सवले भरिभराउ जनकपुर

विवाहोत्सवले भरिभराउ जनकपुर

जनकपुर — राम–जानकी विवाहोत्सव मनाउन आएका श्रद्धालुले जनकपुर भरिभराउ भएको छ । सोमबार हुने विवाहोत्सवमा सहभागी हुन देशभित्रै र भारतबाट श्रद्धालु आउने क्रम जारी छ ।

दिक्तेलको मानव अधिकार आयोगको कार्यालय नसार्न माग

दिक्तेलको मानव अधिकार आयोगको कार्यालय नसार्न माग

खोटाङ — दिक्तेलमा रहेको राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय अन्यत्र सार्न लागिएको भन्दै ललितपुरको हरिहर भवनस्थित आयोगको केन्द्रीय कार्यालयमा ज्ञापनपत्र बुझाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईको अगुवाइमा आइतबार ज्ञापनपत्र बुझाइएको हो ।

एमाले गठबन्धन सरकारको संकेत

एमाले गठबन्धन सरकारको संकेत

मोरङ — प्रदेश १ मा एमाले गठबन्धनको सरकार बन्ने संकेत देखिएको छ । दुई वटा क्षेत्र जितेको राप्रपाले समानुपातिकतर्फ मत बढाएसँगै एमाले गठबन्धन सबल देखिएको हो । यस प्रदेशस्थित ५६ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये ५० क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ ।

दमरोगबारे धेरै भ्रम छ, बिरामीले खानेकुरा बार्नु पर्दैन

दमरोगबारे धेरै भ्रम छ, बिरामीले खानेकुरा बार्नु पर्दैन

दम श्वासप्रश्वाससँग सम्बन्धित समस्या हो । दमलाई रोग भन्दा पनि एउटा लक्षणको रूपमा लिन सकिन्छ । श्वासप्रश्वासमा दीर्घकालीन समस्या आयो भने दम हुने सम्भावना हुन्छ । श्वासप्रश्वासको समस्याबाट मुख्यतः दुई प्रकारको दम हुन्छ, सीओपीडी (दीर्घ दमरोग) र ब्रोन्कियल आस्थामा (दम–खोकी) ।

श्वासनलीमा एलर्जी भएर सास फेर्न गाह्रो हुने अवस्थामा दम–खोकी अर्थात् ब्रोन्कियल आस्थामा भनिन्छ । यस्तो अवस्थामा श्वासनली साँघुरो हुने गर्छ । धुम्रपान गर्ने र धुँवा–धुलोमा लामो समय सम्पर्कमा आएका व्यक्तिमा भने कालान्तरमा सीओपीडी दम हुनसक्छ । यो धेरै मात्रामा देखिने दमको प्रकार हो ।

बालबालिकालाई छालाको एलर्जी, कारण अनेक

बालबालिकालाई छालाको एलर्जी, कारण अनेक

बालबालिकाको छाला निकै संवेदनशील हुन्छ । त्यसैले सानो लापरवाहीले पनि उनीहरूको छालामा समस्या निम्तिन सक्छ । एलर्जीको समस्या पनि धेरै बालबालिकालाई हुने गर्छ ।

बालबालिकालाई सबैभन्दा बढी देखिने छालाको समस्या ‘ऐटोपिक डर्माटाइटिस’ हो । यो समस्या भएका बालबालिकामा छाला सुक्खा हुने, चिलाउने, रातो हुने, छाला निस्किने जस्ता समस्या देखिने छाला तथा यौनरोग विशेषज्ञ डा. विकास पौडेल बताउँछन् ।

विलासी जीवनशैलीले हुनसक्छ कब्जियत : डा. भण्डारी

विलासी जीवनशैलीले हुनसक्छ कब्जियत : डा. भण्डारी

मसालेदार, तारेको–भुटेको, प्याकेटबन्द खानेकुरा । मदिरा जस्ता पेय । बस्, कब्जियतका लागि यति नै काफी छ ।

सुन्दा त सामान्य लाग्छ, कब्जियत । तर यसले निम्त्याउने जोखिम भने भयानक छ । त्यसैले कब्जियत मामुली समस्या होइन । खासगरी खराब जीवनशैली नै कब्जियतको मूल कारण हो । अरु पनि थुप्रै कारण छन् जसले यस्तो समस्या निम्त्याउँछ ।

१६ घण्टे फास्टिङ र किटो डाइटले ग्याष्ट्रिकको समस्या हुनसक्छ : डा. अखिलेश कश्यप

१६ घण्टे फास्टिङ र किटो डाइटले ग्याष्ट्रिकको समस्या हुनसक्छ : डा. अखिलेश कश्यप

फास्टिङको लहर व्यापक छ, शहरमा । कसैलाई मोटोपन घटाउनुछ, कसैलाई दीर्घरोगबाट छुटकारा पाउनुछ, कसैलाई चुस्त पाचनयन्त्र पाउनुछ । अतः यी सबैका लागि धेरैले अपनाउने एउटा विधी छ, फास्टिङ ।

पछिल्लो समय १६ घण्टे इन्टरमिटेन्ट फास्टिङ बस्ने प्रवृत्ति मौलाएको छ । यसले तत्काल केही राम्रै नतिजा दिएपनि दीर्घकालिन रुपमा भने खराब असर गर्ने चिकित्सकहरु बताउने गर्छन् । यसै सन्दर्भमा ग्याष्ट्रोइन्ट्रोलोजिस्ट डा. अखिलेश कश्यापसँग कुराकानी गरिएको छ ।

सिफारिस