Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
घर ब्लग पृष्ठ 4

सुतेको बेला घुर्ने समस्या सामान्य नहुन सक्छ

सुतेको बेला घुर्ने समस्या सामान्य नहुन सक्छ

सुतेको अवस्थामा कोही किन घुर्छन् ? खासमा वायुमार्गको समस्याले गर्दा श्वासनली आंशिक बन्द हुन पुग्छ, जसकारण फोक्सोमा पर्याप्त अक्सिजन पुग्दैन । यही स्थितिमा मान्छे घुर्छ ।

यो ध्वनि घाँटीको पछाडिको नरम तन्तु (अभ्युला र नरम तालु), जिब्रोको आधारमा हुने कम्पनले पैदा हुन्छ । लगभग संसारका आधा मानिस आफ्नो जीवनको कुनै न कुनै बिन्दुमा घुर्ने गर्छन् ।

नवप्रवेशी आत्तिए, चतुर लगानीकर्ता रमिते !

नवप्रवेशी आत्तिए, चतुर लगानीकर्ता रमिते !

गत मंगलबार नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीको नाम सार्वजनिक गर्दै जोखिमयुक्त भनेपछि त्यसको ‘परकम्पन’ सेयर बजारमा जारी छ । बोर्डको विज्ञप्तिपछि भएका चार कारोबारमध्ये तीन दिन उच्च अंकले सेयर बजारमा गिरावट देखियो । बोर्डको विज्ञप्ति सार्वजनिक भएको भोलिपल्ट सेयर कारोबार मापक नेप्से परिसूचक ५२ अंकले घट्यो ।

त्यसको भोलिपल्ट १ अंकलेमात्रै घटेको बजार आइतबार र सोमबार भने ठूलो अंकको पहिरो गयो । पछिल्ला चार कारोबारबाट नेप्से परिसूचक करिब २ सय अंकले घटेको छ ।

बिजुली गाडी चढेर २५ हजार किलोमिटरको यात्रामा दुई साथी

बिजुली गाडी चढेर २५ हजार किलोमिटरको यात्रामा दुई साथी

बिजुली गाडी किन्नेहरुलाई लाग्छ, चार्जिङ पूर्वाधारको अभाव छ, त्यसमाथि गाडीले नेपालकोजस्तो रोडमा पर्फम गर्ने हो कि हैन !

तर, भारतबाट बिजुली गाडी लिएर निस्किएको दुई युवाको जोडी यतिबेला नेपालमा छ, जो बिजुली गाडीको यात्रामा समस्या महसुस नै गरिरहेको छैन ।

आयातमा नगद मार्जिनको प्रावधान यथावत

आयातमा नगद मार्जिनको प्रावधान यथावत

। नेपाल राष्ट्र बैंकले आयातमा कडाइ गर्न गरेको नगद मार्जिनको व्यवस्थालाई निरन्तरता दिएको छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा नगद मार्जिनको व्यवस्थाबारे कुनै पनि नयाँ निर्णय गरिएको छैन ।

यससँगै केन्द्रीय बैंकले गत पुष र माघमा दुई चरणमा लागू गरेको करिब १३ सय वस्तुको आयातमा कडाइ गर्ने नीतिले निरन्तरता पाएको हो । मौदि्रक नीतिको समिक्षामा भनिएको छ, ‘आव २०७९/८० को मौदि्रक नीतिमा व्यवस्था भएका मौदिक्र उपकरणहरुलाई निरन्तरता दिइएको छ ।’

अर्थतन्त्र दबाबमै रहेको राष्ट्र बैंकको सन्देश

अर्थतन्त्र दबाबमै रहेको राष्ट्र बैंकको सन्देश

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८०को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा अधिकांश नीतिलाई निरन्तरता दिएर राष्ट्र बैंकले अर्थतन्त्रको दबाबमै रहेको सन्देश  दिएको  छ। तर, केन्द्रीय बैंकले कर्जा–निक्षेप अनुपात (सीडी) रेसियोमा केही लचक बन्ने भएको छ ।

चालु आर्थिक वर्षबाट कार्यावयनमा गएको ९० प्रतिशतको सीडी रेसियोमा केन्द्रिय बैंकले लचकता अपनाउने भएको हो । केन्द्रीय बैंकले ११ मंसिरमा चालु आर्थिक वर्ष आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै तोकिएको कर्जा–निक्षेप अनुपात नपुगेमा बैंक तथा वित्तीय संस्थालाई लाग्ने जरिवानालाई तरलता जोखिममा समेत आधारित हुने गरी पुनरावलोकन गर्ने जनाएको छ ।

हाल ९० प्रतिशतको सीडी रेसियोका साथै २० प्रतिशतको खुद तरलता अनुपातको व्यववस्था कार्यान्वयनमा रहेको छ । राष्ट्र बैंकले ९० प्रतिशत सीडी रेसियो कार्यन्वयन नगर्ने बैंकलाई नगद जरिवाना साथै अन्य नियामकीय कारवाही गर्नेसक्ने व्यवस्था छ ।

तर, अब ९० प्रतिशतको सीडी कायम गर्न नसके पनि २०  प्रतिशत खुद तरल सम्पत्ति कायम भएमा नगद जरिवाना नहुने राष्ट्र बैंकले जनाएको छ ।

नाइजरको जङ्गलमा दाउरा काट्न गएका ११ किसानको गोली हानी हत्या

नाइजरको जङ्गलमा दाउरा काट्न गएका ११ किसानको गोली हानी हत्या

६ असोज, नाइजर । नाइजरको दक्षिणपूर्वी क्षेत्रमा बोको हरामका संदिग्ध जिहादी लडाकूहरूले नाइजरका नौ र नाइजेरियाका दुई गरी ११ जना किसानको गोली हानी हत्या गरेको स्थानीय अधिकारीले बुधबार बताएका छन् ।

‘टौम्मौरबाट सात किलोमिटर टाढा बोको हराम निकट लडाकूले मङ्गलबार बिहान गोली हानेर ११ जना किसानको हत्या गरेका छन्,’ आक्रमणस्थल नजिकै रहेको सहरका मेयर इसा बोंगाले एएफपीलाई बताए ।

 

दाङका किसानले धानको उचित मूल्य पाउन सकेनन्

दाङका किसानले धानको उचित मूल्य पाउन सकेनन्

१० मंसिर, दाङ । दाङमा किसानले सरकारीस्तरबाट तोकिएको धानको समर्थन मूल्य पाउन सकेका छैनन् ।

किसानको धान बिक्री गर्ने समयमा पनि सरकारीस्तरबाट निर्धारण गरिएको समर्थन मूल्यमा बिक्री हुनसकेको छैन । जिल्लामा किसान तथा व्यापारीको सहमतिमा मूल्य निर्धारण गरेर आफूखुसी धान खरिद बिक्री भइरहेको छ ।

घोराही उपमहानगरपालिका–६ का बिमल चौधरीले दुई बिघा जमिनमा धान खेती गरेका छन् । उनको आम्दानीको स्रोत भनेकै खेतीपाती हो ।

गत वर्ष मोटा धान प्रति क्विन्टल रु दुई हजार दुई सयमा बिक्री गरेका थिए । यसपालि पनि सोही मूल्यमा २० क्विन्टल धान बिक्री गरेको उनले बताए । घरमा राख्दा भण्डारण गर्ने ठाउँ नहुँदा व्यापारीले तोकेको मूल्यमा धान बेच्न बाध्य भएको चौधरीले बताए ।

१६ घण्टे फास्टिङ र किटो डाइटले ग्याष्ट्रिकको समस्या हुनसक्छ : डा. अखिलेश कश्यप

१६ घण्टे फास्टिङ र किटो डाइटले ग्याष्ट्रिकको समस्या हुनसक्छ : डा. अखिलेश कश्यप

फास्टिङको लहर व्यापक छ, शहरमा । कसैलाई मोटोपन घटाउनुछ, कसैलाई दीर्घरोगबाट छुटकारा पाउनुछ, कसैलाई चुस्त पाचनयन्त्र पाउनुछ । अतः यी सबैका लागि धेरैले अपनाउने एउटा विधी छ, फास्टिङ ।

पछिल्लो समय १६ घण्टे इन्टरमिटेन्ट फास्टिङ बस्ने प्रवृत्ति मौलाएको छ । यसले तत्काल केही राम्रै नतिजा दिएपनि दीर्घकालिन रुपमा भने खराब असर गर्ने चिकित्सकहरु बताउने गर्छन् । यसै सन्दर्भमा ग्याष्ट्रोइन्ट्रोलोजिस्ट डा. अखिलेश कश्यापसँग कुराकानी गरिएको छ ।

अहिले १६ घण्टा फास्टिङ गर्ने प्रवृत्ति व्यापक छ । यसले कुनै असर त गर्दैन ?

१६ घण्टा गरिने  इन्टरमिटेन्ट फास्टिङले धेरै फाइदा गरेको छ । तर, यससँगै  लामो समयसम्म  फास्टिङ गर्दा पेटमा भैरहेको एसिडलाई असर गर्न सक्छ । समयमा खाना नपुगेपछि एसिड खाना नली वा सानो आन्द्रामा जान्छ, जसले पाचन प्रकियामा असर पुर्‍याउन थाल्छ । यसैले ग्याष्ट्रिक, एसिडिटी जस्ता समस्या देखापर्न सक्छ ।

‘म दिनभर काम गर्छु, मैले व्यायाम गर्नुपर्छ ?’

चिकित्सा विज्ञानको एउटा मन्त्र छ, ‘रोग लागेर उपचार खोज्नुभन्दा निरोगी हुनु सर्वोत्तम हो ।’

निरोगी कसरी रहने त ? यसको जवाफ पनि पूर्खाहरुले खोजतलास गरिसकेका छन् । साथै आफ्नो जीवनमा अभ्यास गरेर त्यसको सफल नतिजा देखाइसकेका छन् । यसको तीनवटा सूत्र छन्- सही आहार, विहार र विचार ।

समुचित खानपान, दिनचर्या र सोच-चिन्तनले मान्छेलाई स्वस्थ राख्छ भनिन्छ । यसमा अपरिहार्य मानिएको छ, शारीरिक व्यायाम पनि । स्वस्थ्यका लागि व्यायाम निकै उपयोगी छ भन्ने जान्दाजान्दै पनि धेरैजसो मान्छे व्यायाम गर्न जाँगर देखाउँदैनन् ।

कतिपय भन्छन्, ‘रोग लागेको छैन, तगडा नै छु । किन व्यायाम गर्ने ?’

घोषणापत्रमा जलवायु परिवर्तन : पहिलोपल्ट स्पष्ट प्रतिबद्धता

तपाईंलाई लाग्ला दलहरूका चुनावी घोषणापत्रले सर्वसाधारण मात्र नभई विज्ञहरूलाई पनि छुन छाडेको जुगौं भइसक्यो । तर यसै हप्ता इजिप्टमा सुरु भएको जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप २७) मा सहभागी हुने सरकारी टोलीकै एक सदस्यका रूपमा सामएलसेख पुगिसकेका जलवायु परिवर्तन विज्ञ विमल रेग्मीले सम्मेलनको चटारोमाझ मुख्य पार्टीका घोषणापत्र आद्योपान्त पढे ।

पार्टीहरूले चुनावी वाचा पूरा गर्छन् भन्ने विश्वास त उनलाई पनि छैन, तर पनि उनलाई समय खेर गएजस्तो लागेन ।

‘जलवायु परिवर्तनले उत्साहजनक भन्न नमिले पनि सन्तोषजनक ठाउँ पाएछ’ सामएलसेखबाट टेलिफोन कुराकानीमा रेग्मीले भने, ‘पहिला जलवायु परिवर्तन वा जलवायु शब्दै भेट्न मुश्किल हुन्थ्यो, वातावरण वा यस्तै केही शीर्षकमा जलवायुका मुद्दाको खिचडी पकाइन्थ्यो । अहिले चाहिं जलवायु परिवर्तनको समस्यालाई स्पष्ट रूपमा पहिचान गरिएको छ ।’

सिफारिस